मान्छे छाडी ढुङ्गालाई पुज्न नजाउ तिमी
झुठो बाचा बन्धन पनी कैल्यै नखाउ तिमी ।
मानिस भइे धैर्यताको बसमा बस्नु राम्रो
झुठो माया स्वार्थी बनी कैल्यै नलाउ तिमी
शान्त अनी शालीन भइे बाँच्न सिक्नु पर्छ
रिस राग आवेशमा कैल्यै नआउ तिमी ।
जिन्दगी हो जसो तसो बाँच्नु पर्छ हाँस्दै
मुटु दुख्ने पीडा पनी कैल्यै नपाउ तिमी ।
तुषारोको बज्र पात कहाँ निको होला ?
बोटै मार्ने शीत बनी कैल्यै नछाउ तिमी ।
(रचना- अप्रिल/ १४/ २०११ )
0 comments:
Post a Comment