गज़ल
( ब्यङ्य गजल )
बी.एम.डब्ल्यु चड्दै छौ रे लुटेको त्यो धनले
कसोगरी बाँच्दै छौं है सन्तोष् लिइ मनले ।
आज खाए भोली पर्सी ओकल्नु त छँदैछ
कसोगरी शान्ति पाउला अत्याचारी तनले ।
धाक धम्की फुर्ती पनी दिन बलियो भइेन्जेल
सराप्ला नी तिमीलाइे निर्धा सारा जनले ।
बाहिरिमा जतिसुकै मीठो बोली बोलेनी
सराप्लान् है तिमीलाई फेरि आफ्नै पनले
पाइेन्जेल खाउ तिमी जती खान सक्दछौ
जब घिच्न थाल्छौ अनी ठोक्लान है घनले ।
(रचना - नोवेम्बर -२५ /२०११)
0 comments:
Post a Comment