( नारीभाव श्रिङारिक् गजल )
नारीको गहना हो लज्जा,लजाएँ के बिराएँ ?
कम्जोर मुटु रैछ बर्दान्,डराएँ के बिराएँ ?
मुस्कानको जादु छर्दै हेर्यो,इेशाराले बोलाएँ
उस्लाइे आफ्नो सम्झी मैले, फकाएँ के बिराएँ ?
मायाको आधार नै यस्तै,किन गर्नु बिष्मात्
लाडिंदै सुन्शान् रातमा फेरि,सताएँ के बिराएँ ?
आखिर प्रेम रूप भन्नु, यस्तै नै रहेछ की
पौरष मनलाइे सुस्त,जगाएँ के बिराएँ ?
भन्छन् है नारी पुरुष,आधा शरीर हो भनेर
मायालु बन्नलाई उस्लाइे,मनाएँ के बिराएँ ?
( रचना -नोवेम्बर/ २१/ २०११ )
0 comments:
Post a Comment