मधुर बोली
देखावटी चरित्र
भावना रुष्ट ।
आमाको मन
सन्तानको आशामा
गुँड त रित्तै ।
दिदीको माया
भाइ टिकामा अल्झ्यो
दुबो छ साक्षी ।
मनको खाटा
आलो नै भइेदिँदा
मल्हम आसुँ ।
निरश मन
झिनो आशामा अल्झ्यो
गोधुली साँझ ।
रुखो पाखामा
झ्याउँकिरी बोली
मौनता भंग ।
0 comments:
Post a Comment