सबैलाई आजभोली नेता बन्ने रहर हुन्छ
नेता भाव भ्रष्ट बन्दा मनुष्यत्व बदर हुन्छ ।
जति जे नै कुकर्मको अन्धो भक्त भए पनि
एकदिन् त सुकर्म नै जसैपनी सदर हुन्छ ।
चाहे जति धर्मी नै हुन् मान्छे आखिर् मान्छे नै हो
बोली सुन्दा जाति लाग्छ कलुषित नजर हुन्छ ।
भाषणको फूलबुट्टा सुन्दै जाँदा आहा! लाग्छ
जब मिल्छ धोका ओहो!अनि बोली जहर हुन्छ ।
राजनीती किचलोको महामेला लाग्ने थलो
गुण्डा गर्दी जालासाजी चोर बस्ने शहर हुन्छ ।
हातेमालो गर्दै हिँड्न जस्ले पनि चाहा राख्छ
हिँड्दै जाँदा अभाग्यवश् भड्खालो र डगर हुन्छ ।
छुवाछुत भेदभाव दुर्ब्यवहार पन्साएमा
सम्मानले नै सबै जातको समाजमा कदर हुन्छ ।
बिश्वासमा जनताले जस्लाई नै चुने पनि
आखिरमा कुनियत र छलछाम ठहर हुन्छ ।
साँचो मान्छे सत्य भाव कहाँ अब पाईन्छ र ?
निष्कपट भएपनि झेलीको नै लहर हुन्छ ।
अनिँदा यी आँखाहरू रातभरी जागै हुन्छन्
भोली के पो होला?भनि अनिंदै पो प्रहर हुन्छ ।
कुर्सी पाए उनिहरु तलकालाई बिर्सिदिन्छन्
आफ्नो भन्नु जनताको केवल् तिनै कहर हुन्छ
गरीबको भलो होला अब चाँही भन्ने आशा
निराशाको भेल बग्ने आसुँको पो नहर हुन्छ ।
आशाबादी गजल लेख्न कहाँ भाग्य रैछ र? खै !
लेख्न बस्यो गजल हरे! दु:खको पो बहर हुन्छ ।
रचना -जनवरी ११ /१२
ghayalko tarahi musayara 35
0 comments:
Post a Comment