हिरामोती जडिएको हार चाहिन्न
लोलोपोतो भरिएको प्यार चाहिन्न
एक्लै बाँच्न पर्छ भने बाँच्न सक्छु म
कलेजो नै छिया पार्ने बचन धार चाहिन्न ......./
भन्छौ भने मरिदिन्छु यो संसारलाई त्यागी
बाँच्दिन म तिम्रो माया जबर्जस्ती माँगी
ऐलेसम्म मर्दै बाँचेँ केवल तिमी भनि
तिमी बाँच्यौ अहिलेसम्म केवल आफ्नैलागी ।
मेरो माया तिमीलाई उपहास भो
जिन्दगीको हाँसो खुशी सर्वनास भो
नफापेकै हो कि हाम्रो बाचा,बन्धन
अन्तिममा पो तिम्रो स्वार्थ पर्दाफास भो ।
सोँचेकी थिएँ खुशी मात्र बाँच्नुको सार होईन
कसैले छरेको मुस्कानको अर्थ झुठो प्यार होईन
कहाँ हुन्छ र? सोंचे जस्तो आजको दुनियाँ ?
बाँच्नुको अर्थ जित मात्र रैछ दु:ख र हार होईन ।
0 comments:
Post a Comment