Thursday, February 9, 2012

रुबाइेयत

कलंक बिर्सि मुस्काउँने जून भएँ म
आफ्नै गला रेट्दै निस्कने सारँगी धून भएँ म
मान्छेको दर्जामा के गनुँ आफुलाइे म ?
अन्नसँगै जाँतोमा पिसिने घुन भएँ म ......../


देशको हालतले हामी आज परदेशी बन्यौं
रहरले होइेन करले आफैलाई पराइे भन्यौँ
भोग्नु जे छ, त्यो त भोग्नै पर्छ सबैले
त्यसैले आफुलाइे आज सम्म प्रवासीमै गन्यौँ ।


लाग्छ मैले टेकेको आँगन बिरानो भयो की ?
त्यही आँगनको धुलोमा मेरो पाइेला रह्यो की ?
बिर्सन सक्ने क्षमता त छैन मेरो हृदयमा
खहरेको भेलसँगै मेरो अतित बगेर गयो की ????????


मैले रोपेको त्यो मखमली मर्‍यो की ?
पारीजात झैँ रातमा सबै नै झर्‍यो की ?
के भर रह्यो र ? प्रकृतिको पनि अब ?
कोमल बिरुवालाइे अन्याय पो गर्‍यो की ?


माया मुटुले दिएँथेँ मैले  
साथ आजन्म लिएँथेँ मैले
अनायस उबाट धोका पाउँदा  
आँशुको घुट्को पिएँथेँ मैले ।


रचना- नोवेम्बर/ ५/ २०११

0 comments:

Post a Comment