Saturday, February 11, 2012

"आफ्नै कथा लेख्ने प्रण"

           
म कथा लेखिरहेकी थिएँ । छेवैमा मेरी साथी सुष्मा फिल्म हेरिरहेकी थिइे । उस्ले मलाई सोधी "ए निलु के गर्दैछस् ? आइेज न फिल्म हेर्न । कती राम्रो र रोमान्टिक फिल्म छ । " मैले उस्लाइे जवाफ दिएँ । "म कथा लेख्दैछु । " उस्ले फेरि ब्यङ्यात्मक तौरले जवाफ दिइे । खुब कथा लेख्ने भइेस् । तेरै लथालिँग जीवनको कथा चाँहि कस्ले लेखी दिने नि ? उखान नै छ नि कस्को "......."घरमा खुकुरी भुत्ते हुन्छ रे के,के,के,के.......। तेरो पनि त्यस्तै लाग्छ मलाई। आफ्नै कथा महाभारतको कथा भन्दा लामो होला । " अनी झट्ट सम्झेँ मैले उस्को ब्यङ्यात्मक प्रहार । म अभाव र साहाराको खोजिमा भौंतारिँदा उस्ले मलाई केही सहयोग गरेकी थिइे । आज त्यसैको प्रत्युत्तर उस्ले मलाई निर्धक्कसँग दिँदैछे अनी म लेख्दै गरेको कथालाई बन्द गरेर आफ्नै कथा लेख्ने प्रण गर्छु ।


( रचना -नोवेम्बर ११ / ११ )

0 comments:

Post a Comment