Saturday, February 11, 2012

गज़ल



बिदेशमा बसे पनि देशकै भलो सोंचौँ हजुर
पसिनाको मुल हाम्रो आफ्नै देशमा खोजौं हजुर ।


बोकेको छ गर्‍हौँ बोझ निरीह भै आज देशले
काँधमा काँध मिलाएर देशको बोझ बोकौं हजुर ।


बाध्यता थ्यो प्रवासिने हामी सारा जनको 
अब भने सबैले नै आफ्नै माटो रोजौं हजुर ।

जिम्मेवारी नेता मात्र होईन है देश सपार्ने
जनता नै एक भई नियम् कानुन् तोकौँ हजुर ।

अन्धा कानुन् बिभेदलाई सोत्तर् गरि मासेर
समानताको कानुनलाई नियमले जोखौं हजुर ।

रचना -डिसेम्बर १० /२०११

0 comments:

Post a Comment