गीत
"सम्झनामा थिएन कतै नौलो आकाश ओढ्ने "
निधारमा रेखा रै'छ पराई फूल गोड्ने ............../
बालुवाको घरमा पनि न्यानोपन खोज्दैछु
कल्पनाको भरमा पनि आफ्नोपन रोज्दैछु......../
रत्तिभर थिएन मन पराई आँगन टेक्ने
भाग्यमा लेख्या रै'छ यस्तै गीत लेख्ने ........./
कागजको नाउमा पनि तैरिने आश देख्दैछु
बिश्वासको धुरी चढी बाँच्ने कथा लेख्दैछु ........../
सम्झनामा थिएन कतै नौलो आकाश ओढ्ने
निधारमा रेखा रै'छ पराई फूल गोड्ने ............../
एक त्यान्द्रो परालमा थाम्ने भर खोज्दैछु
अन्जान यो शहरमा आफ्नै घर रोज्दैछु ............/
रचना -डिसेम्बर १९ /२०११
0 comments:
Post a Comment