''अर्थको भरौटे ''
अर्थको भरौटे भएछौ शायद
त्यसैले...........,
समय ,पल अनी
रात र दिनहरुलाई अर्थमा
अनुवाद गर्न हामी हरघडी ,
हरपल प्रयत्नरत छौ /
शरीरलाई सन्चालित मेशिनमा
रुपान्तर गरेर
आफ्नै मनमस्तिष्कबाट
पराइ बनाइरहेछौ /
खै ! त हाम्रा पारिवारिक भावनात्मक
सम्बन्धका साईनो हरु ?
सारा ,सारा ती साइनो र भावनालाई
विस्मृतिको धुलोमा पुरेर केवल हामी
मात्र.......... अर्थको कमारो
बनिरहेकाछौ /
बिचार र भावनालाई द्रब्यको
तराजुमा तौलेर
भावना अनी आकाङ्छ्याहरुको
पंख चुँडाली हामी निरीह पङ्छी
बनिरहेछौ,
हुन सक्ला...... भविश्यमा
समयलाई यसरी नै हामीले
अर्थको पर्याय मात्र
ठान्यौ भने , मनले हैन त र...........
मेशिन झै शरीरले प्रश्न गर्ला
तिमी को हौ ?अनी तिम्रो
अस्तित्व खोइ ?भनी
फेरि प्रश्न तेर्स्याउला
तिमी केवल द्रब्यको दासी हौ? भनी /
0 comments:
Post a Comment