"कहिल्यै फाट्दैन यो मन "
यो मन ढुङ्गा होइन
अनी.... यो मन,
फलाम पनि होइन
तर.... पनि यो मन
फलाम र पत्थर झैं
कठोर बन्न सक्छ
चाहेको खण्डमा /
मनलाइे मुटु पनि
भन्छन् क्यारे ...,
यस्लाइे दिल पनि
भन्छन् शायद
खै!के,के भन्छन् यस्लाइे ???
किन कि... यो सम्बेदनाको
भारी बोक्ने भएर होला
यस्लाइे मान्छेको
अमुल्य अंग नै मान्छन् ।
मन कठोर बन्यो भने
कसैको कोमलताले पनि
पगाल्न सक्दैन,
मन दर्हो भयो भने
कसैको निर्दयताको
शिकार बन्न सक्दैन
यसैले मन,
बिभिन्न अभिनयको पात्र
बन्न सक्छ,
कसैको हेपाइे र तिरष्कारलाइे पनि
सहजै कुल्चेर /
0 comments:
Post a Comment