Thursday, February 9, 2012
कबिता
"ढुङ्गा सँग कबिताको आर्तनाद"
ढुङ्गा नै ढुङ्गाको
थुप्रोमा उभिएर कबि
फलाक्दछ,
कबिताका भाव र भाषाहरु
अफ्सोच!
ढुङ्गा चल्मलाउँदैन
रत्तिभर चट्पटाउँदैन
आखिर ढूङ्गा,ढुँगै हो
न,त, उस्को मन हुन्छ,
न,त, आत्मा हुन्छ,
नत उस्ले कसैको
आवाज नै सुन्छ ।
ऊ त केवल कठोर
बनेर बसिदिन्छ,
नदिको बहावले पनि
उस्लाइे बगाउँन सक्दैन
समुन्द्रको धारले पनि
उस्लाई काट्न सक्दैन
झरना र छहराले पनि
उस्को अस्तित्व मेटाउन सक्दैन
यसैले ढुङ्गा अचल मुर्ती झैं
अवाक बनेर रहिदिन्छ ।
कबि बिचरा!
आफ्नो भाव पोख्न
ब्याकुल बन्छ,
ढुङ्गालाइे आफ्नो बिवसता
पोखाउन आतुर बन्छ
तर..... ढुङ्गा ?
मौनताको बुटी बाँधेर
अडिग बन्छ ।
हो... यस्तै ढुङ्गारुपी
मान्छेहरुको बस्तिमा
अनी पत्थरको पर्याय मनहरुमा
कबि एउटा नाटकिय पात्र बनेको छ
जस्लाइे नेपालको नीरिह जनता
भने हुन्छ,
अनी ढुङ्गालाइे नेता ......,
ज-जस्का ब्यथा कथा
आचार बिचार ढुङ्गा र कबिसँग
दुरुस्तै छ । /
0 comments:
Post a Comment