गज़ल
दोचारे भै घरि घरि कुरा किन फेर्छौ तिमी ?
माया अब छैन भन्छौ फेरि तिन्लाई हेर्छौ तिमी ।
मर्द जात भन्ने गर्छन् हाम्रो बोली पक्का हुन्छ
त्यहि जुबान् बिर्सिएर मायाले नै घेर्छौ तिमी ।
आफूलाई ताकतवर् सम्झिए नी के पो गर्नु ?
उन्ले यदि छाडी भने घाँटी पनि सेर्छौ तिमी ।
दिदी बैनी पाउँने गर्छन् सधैंभरि हप्की दप्की
तिन्ले भने जे भने नि खुरुक्क नै टेर्छौ तिमी ।
सन्तानको मायालाई तिरष्कार गर्छौ सधैं
उस्को चाँही मायालाई छातिभित्र बेर्छौ तिमी ।
rachana- decembar/23/11
0 comments:
Post a Comment