Wednesday, February 8, 2012

गज़ल


किन होला आज भोली खबर उस्को आउँन छाड्यो
यो मनले उस्को माया अनायसै पाउँन छाड्यो ।

भन्ने गर्थ्यो उस्ले  मलाई तिम्रो साथ प्रिय छ है
शब्द मात्र ताजा रह्यो छाँया सम्म छाउँन छाड्यो ।

धोकेबाज मान्छेहरू सायद् यस्तै हुँदा रैछन्
जिन्दगी यो तिम्रै भन्थ्यो माया सम्म लाउँन छाड्यो ।

एकैछिन टाढा हुँदा छट्पटीले मर्छु भन्थ्यो 
हाल खबर् सोध्न सम्म उस्को गोडा धाउँन छाड्यो ।

मेरो नाम नलिईकन चैंन कैल्यै हुन्न भन्ने
"प्रभा" शब्द परै छाडौँ मुख नै पो बाउँन छाड्यो ।

रचना -डिसेम्बर/ ३० /२०११

0 comments:

Post a Comment