" मनको उच्छ्वाश''
मलाई, यत्तिखेर............
भुईे कुहिरो भएर उड्न मन लागेको छ
अँ ह ---आकाशिन मलाई मन छैन
म, निस्तेज भएर नै
रमाउँन चाहन्छु,
म देउरालीलाइ चुम्न चाहन्छु
भञ्ज्याङलाई अङाल्न चाहन्छु
भीर,पाखासँग मीत लाउँन चाहन्छु ।
मलाई यत्तिखेर,
क्षितिज भएर
हाँस्न मन लागेको छ ,
अँ ह ---मलाई फराकिन मन छैन
म,रङिन भएरै
सजिन चाहन्छु म,
आकाश र धर्तिलाई जोड्न चाहन्छु
पहाडलाई छाम्न चाहन्छु
साँझलाई रङाउन चाहन्छु ।
मलाई यत्तिखेर ,
शिरिष भएर फुल्न मन लागेको छ
अँ ह ---,मलाई गुलाब हुन
मन छैन म,
नीलो रङ भएर फुल्न चाहन्छु
म ,शान्तिको रङ भएर
झुल्न चाहन्छु
आकाशसँग दाँजिन चाहन्छु
नीलो झरनामा परीभाषित हुन चाहन्छु
शान्तिको पर्याय शान्त शितल
नीलो दह हुन चाहन्छु ।
(रचना २०६० साल नेपाल बिभिन्न मिडिया हरुमा बाचन् गरिएको )
0 comments:
Post a Comment