Wednesday, February 15, 2012

लेख

 ''नचिनेको मान्छेभन्दा चिनेको नै काम लाग्छ तर यहाँ किन्न चाँही पर्दैन ''                
 

जीवन   बाँच्ने क्रममा अहिले म संसारकोबिकसित् राष्ट्रहरू मध्ये एक अर्को राष्ट्र नै भन्नु पर्ला , अमेरिकाको एउटा  भागमा आईपुगेकीछु /  आफ्नो देशमा हुँदा भोगेका पीडा अनि  जिजीबिषाको क्रममा खेलिएका नाटकरूपी पात्रहरुको अभिनय ,समयनुसार सम्झौता गरिएका ती पलहरु सम्झिन्छु साँच्चै  कति  हाँस्यस्पद र पीडादायी थिए /
आफ्नै घर ,आँगनबाट बहिष्कृत हुनुपरेको क्षण ,आफ्नै देशमा पराई बनेर भौंतारिरहेको पल अ
नि  केही गर्छु भन्ने अभीष्ट बोकेर  बाँच्ने अभिलाषा  राख्दा राख्दै पनि निरशता पालेर छट्पटिनु  परेको समय ,तर --- समयले कोल्टे फेर्‍यो / मेरो महत्वाकाँक्षा   अनि  केही गर्छु भन्ने म भित्रको अभीष्टलाई मेरो भाग्यले साथ दियो आफ्नै पौरखमा बाँच्ने अमीट इेच्छा  साकार भयो त्यसैले आज म यति  ब्यस्त देशमा आउँन  सफल भए अनि  मेरो स्वावलम्बी बन्ने अठोट पुरा भयो जहाँ म आफुलाई ''म  जन्मेको केवल परिश्रमको लागि भन्ने ''भावना जगाइ दियो /
  शायद ---हाम्रो देशमा पनि यस्तै प्रकारको जीवनशैली बिगतदेखी भैदिएको  भए हामी सारा नेपालीको मन अनि  पौरख अन्य देशको भन्दा कम्  हुने थिएन त र अवसर  अनि  समानताको अभावमा हामी सधैं लड्खडाइरह्यौ हाम्रा आकाँक्षा  र पौरख गर्ने हातहरुमा सधैं बिवसताका माखेसाङ्लाहरु झुन्डिरहे/ जस्तो अहिले म आफुलाई एउटी सक्षम र आत्मानिर्भर नारीको रूपमा उभाउन सफल भएकी छु जुन पहिला मेरो निम्ती एउटा सपना मात्र थियो /
हुनत ---अहिले म जहाँ छु, यो बिशाल देशमा असंख्य जातजातिका मानिसहरु छन् तर सबैमा परिश्रम र कर्तब्यको भावना उर्लिरहेको देखिन्छ किनकी सबैले परिश्रमको फल सहि पाइरहेका छन्  यसैले पनि सबैमा मेहेनती भावना मात्र सल्बलाई रहेको आभाष हुन्छ यस्को सहि मुल्याँकण भन्नमा  अत्युक्ती हुँदैन /
हुनत जहाँ भए  पनि दुइचार कुराको आवश्यकता हुन अतिनै जरुरी हुन्छ ती के के हुन ?भने १ )आफुले गर्नुपर्ने काममा आफु सक्ष्यम हुन जरुरी २ )अनिवार्य शिक्षा ३ )उक्त देशको भाषाको जानकारी ४ )अग्रसरता ५) बोलिको  आवश्यकता नेपाली उखानमा भने झै ''बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ''भने झै अगाडि बडेर बोल्न सक्ष्यम हुनु पर्‍यो तर आफ्नो अधिकारको परिधिभित्र रहेर / यती भएमा अगाडि बढ्न   सकिन्छ /
मैले यी भावनाहरुको शिर्षक मा दिये झै ''नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ ''यो सत्य तथ्य जहाँ पनि लागु हुन्छ जहाँ पनि आफ्नो काम सोझ्याउन चिनेको छ भने अलिकती सहज् नै पर्दछ तर हाम्रो देशमा झै ''चिनेको भन्दा पनि किनेको नै काम लाग्छ /''
यस्तो प्रकारको अनैतीक कार्य  चाँही यहाँ लागु भएको पाइेदैन / आफु सक्ष्यम छ भने कसैसँग ज्यु ,हजुर को बिन्ती बिसाउनु पर्दैन /
यसैले मलाई लाग्छ ,जहाँभए  पनि मान्छेलाई अवसर र समानताको आवश्यकता पर्दछ समान ब्यवहार र अवसर पाएमा शायद जो कोही पनि कर्तब्यबाट बन्चित हुन चाहदैन कोही कसैलाई मात्र छाडेर हुनत जहाँ भएपनी कोही न कोही केही कुराबाट बिमुख नै पाइेन्छ / त्यो हर देशको आ -आफ्नो बिडम्बना हो /
हामी गरीब देशको जनता भए  पनि शारीरिक कसरत नगरि बाँच्न सक्षम भएका जनता रहेछौं  / यस्तो अनुभव मलाई हालको जीवन भोगाइबाट भई रहेछ 

 हुनत हामी सहजताको लागि घरमा नोकर चाकर राखेर पानी सम्म सारेर खान नसक्ने भएर बिलासी जीवन ब्यतित गरिहरेछौ / सार्वजनिक ठाउमा काम गर्न हामीलाई शरम लाग्छ / लाग्नु पनि स्वभाविक हो / भोली सबको मुखबाट रामायाणको कथा बन्छ ''फलानाले त गती नै छाड्यो ''/ त्यती तल झरेर त त्यस्तो काम नगरनु पर्ने इेत्यादी /
अन्य मुलुकमा भने अर्थात यहाँ पनि शुट बुट लाएर सार्वजनिक ठाउमा सरसफाइ गरिरहेका हुन्छन / रेस्टुराँ मा सुपरभैजर म्यानेजर हरुले शूट लाएर ट्रे बोकेर ग्राहकहरुको सेवा गरिरहेका हुन्छन / समग्रमा मेरो आशय यही हो / हाम्रो देशमा हामी जस्ता प्रत्येक् नागरिक बेकारी हुनुमा आफ्नै देशको असमान ब्यवहाँर र समाजमा हेरिने अब्यवहाँरिक दृष्‍टिकोण अनी हीनताबोध हो / शायद अन्य मुलुकमा झै सहि परीश्रमको सहि फल ,समाजमा गरिने समान ब्यवहाँर हाम्रो देशमा पनि लागु भएमा हामी सारा जनता अर्थात युवा बर्गमा बैमनष्यताको भावना साच्नु को सट्टा समयलाई सदुपयोग गरेर अर्थ आर्जन गर्नमा नै ब्यस्त भयिन्थ्यो कि ?किन कि मान्छे , मान्छे हो जस्लाई पनि सहि कार्य गर्न मान्छे को सङ्या दिइेएको हो न कि दुब्यवाहर गरेर पश्तापमा जल्न तर समय र अवसर,असमानताको अभावले पनि कती मान्छेहरु पराजित भएर पशु झै नीरिह भाई बाच्न वाध्य हुनुपरेको छ /
समय र अवसरको अभावमा सक्षम हातहरु पनि अनेकौ स्वार्थरूपी पन्जाहरुमा जकडिनु परेकोले पनि हीनताबोधले डेरा जमाएर हामी अपाङ्ग झै बाँचिरहेछौ / हर सपागं  जोशहरुमा नकारात्मक भावनाले बास गरिरहेको छ त्यसैले पनि हामी असन्तुष्ट बनेर बहुलाई रहेछौ आफ्नै आमाको काखमा हरक्षण ,हरपल /  

 
 

rachana December 2008

0 comments:

Post a Comment