गज़ल
धेरै लेख्यौं गजल गीत हामीले देश सम्झी
बाँडौँ अब मीठो प्रीत हामीले देश सम्झी ।
बाँचे पनी परदेशमा आसुँको घुट्को पिउँदै
गर्नुपर्छ मिली हित हामीले देश सम्झी ।
डढेलो नै लागेको छ देशको आँगनभरी
छरौं लौन चिसो शीत हामीले देश सम्झी ।
जती गर्नु गरी सक्यौँ देशको बिरोध हाम्ले
बन्नु पर्छ अब मित हामीले देश सम्झी ।
राष्ट्र अब डुब्नु हुन्न उकासौं सबै मिली
बनाउँ आजै यस्तो रीत हामीले देश सम्झी ।
( रचना - जुन/ २८/ २०११ )
0 comments:
Post a Comment