Wednesday, February 8, 2012

गीत


सुन,चाँदी,हीरा नमाँग मुटुको माया दिन्छु
भन्छौ भने तिम्रा सारा दु:ख पीडा लिन्छु ..../

जीवन साथी सम्झेर आज समर्पित तिमीमा भएँ
थाहा छैन मलाई कसरी आज तिम्रै संघारमा गएँ ......./

खुशी,हाँसो,सुख नमाँग मीठो प्रीत दिन्छु
जिन्दगीको बन्धनमा बाँधी जीवनको रीत दिन्छु ....../

एकार्काको भर ठानेर मनको माया दिएँ
तिम्रो पीडा आफ्नै ठानेर सूटुक्कै मैले लिएँ ......../

सुन,चाँदी ..................../
रचना - जनवरी / ८ / १२

0 comments:

Post a Comment