पौरषताको दर्हो साथ माँग्या थिएँ तिमीसँग
मर्दपनको अचुक् बात माँग्या थिएँ तिमीसँग ।
तिमीसँगै जीवनमा प्रीतको डोरी बाट्नलाइे
बलवान तिम्रो हात माँग्या थिएँ तिमीसँग ।
नारीभाव पोख्नलाई एउटै तिम्रो साथ हुँदा
चाँदनीको नौलो रात माँग्या थिएँ तिमीसँग ।
कैले कँहि पीडा पनी अन्जानैमा मीठो हुन्छ
त्यसैले त मीठो घात माँग्या थिएँ तिमीसँग ।
नारी मन कम्जोर हुन्छ तिमीलाई थाहा नै छ
रक्षार्थलाई पुरुष जात माँग्या थिएँ तिमीसँग ।
रचना -नोवेम्बर/ ३३/ २०११
ghayalko tarahi musayarako lagi.
0 comments:
Post a Comment