Tuesday, February 21, 2012

कबिता

                 ''बिस्थापित हामी ''             
 

प्रवासी तन,स्वदेशी मनको 
मिश्रित  अस्थिपन्जर
कहिले कमजोर बनेर ढल्न खोज्छ
कहिले अस्थिर बनेर रम्न खोज्छ
किन हो कुन्नी ?आमाको मोहले
मोहित भएर होला शायद ...
आफ्नै आमाको काखको सिरानी रोज्छ ।
रहर हो कि बाधयता ?
रणभुल्लमा छौं हामी ,
आफ्नो अङेना र चुल्हो बिर्सी
पराइेको गांस टिप्न वाध्य छौं हामी ।
हृदयभरी छट्पटिका सासहरु गुम्साएर
तरै पनि हाँस्न पोख्त छौं हामी
स्वदेशको माटो पराइ बन्यो
गाउँको बाटो बिरानो भयो
मारुनी ,दोहरी र सोरठी भाका
केवल सम्झना मै सिमित रह्यो
लिङे पिङ र रोटेपिङ्को रमाइलो
आँखाभरी भरी छाइे रह्यो
कस्तो बिवस्ताको खेल हो यो
पराइ भुमी नै रोज्नु पर्‍यो
कस्तो धर्म संकट हो यो
आँफैलाई बिस्थापित गर्नु पर्‍यो  ।

0 comments:

Post a Comment