मीठो मान्दै दियौ भने बिष पनि पिईदिन्छु म
आफ्नो ठानी दु:ख बाँडे सहज नै लिईदिन्छु म ।
एकार्काको आत्माभित्र बास बस्न सक्नुपर्छ
कोमल मन फाट्यो भने आश्वसनले सिईदिन्छु म ।
तिम्रोलागी ज्यानै थापी कसम पनि खान सक्छु
भन्छौ भने मेरो खुशी सुख सबै दिईदिन्छु म ।
तिमी रुँदा रोईदिन्छु तिमी हाँस्दा हाँस्छु पनि
तिम्रो दु:ख आधा लिई सिन्कासरी खिईदिन्छु म ।
मेरो जीवन् अर्पण गर्दै तिमीलाई सुम्पेसकेँ
सयौं सयौं जूनीसम्म मृत्यु रोकी जिईदिन्छु म ।
रचना - फेबरवरी १७ /१२
0 comments:
Post a Comment