( युगल गीत )
जुनेली रातमा तिम्रै सिंगो छाँया देखें
त्यो निस्छल छातिभरी मेरै मीठो माया भेटेँ
मायामा रमाउँदैछु म ...........,
तिम्रै हात समाउँदैछु म................/
जुनेली रातको कुरा नै बेग्लै छ
त्यो रात नभए यो जीवन् एक्लै छ
मयामा रमाउँदै जाउँ .........,
एकहुने कसम अब खाउँ ......../
निर्मल गंगा झैँ तिम्रो मन स्वच्छ छ
शितल बहने हावा झैँ चंचल छ
मनलाई जोगाई राख है .........,
मेरो नै साथ माग है .........../
शुन्य त्यो रातमा तिम्रै नामको गीत लेखेँ
शब्द शब्द अंगाल्दै तिम्रो मीठो तिर्खा मेटें
साथ यो निभाउँदै जाउँ .........,
जूनी बित्ने माया अब लाउँ ........./
रचना -फेब्रवरी १७ /१२
0 comments:
Post a Comment