गीत
दाहिने आँखा फुर्फुरायो अपसगुन हुने हो की
आँशुको धाराले नै मेरो, खुशी धुने हो की...........,
रुखमाथी कालो कौवा कराउन थाल्छ
केहि आपत आउने हो की मन डराउन थाल्छ ...........,
सपनामा पनि देख्छु अनिष्टकै कुरा
आधा रातमा ब्युँझिदा चल्छ मनमा छुरा............,
घरी घरी ऐंठन पर्दा ,अर्द्धमुर्छित बन्छु
आफ्नै ब्यथा घरी घरी आफैलाई नै भन्छु ...........,
बाडुल्कीले झस्काउँदा गाउँ याद आउँछ
मन त मेरो पग्लिएर उतैतिर धाउँछ ............,
दाहिने आँखा .......................,
आँशुको धारा ................,
(रचना जुन १६ २०१० )
0 comments:
Post a Comment