Saturday, February 4, 2012

गीत


आज तिम्रो मुरलीको धुन कहाँ गयो ?
तिमीसंगै उदाउने जून कहाँ गयो ........../

साथै जिउने,साथै मर्ने कसम खा'छौं भन्थ्यौ
एकार्काको मुटु पनि साटेकाछौँ भन्थ्यौ ......../

आज तिम्रो अधरको हाँसो कहाँ गयो ?
तिमीभित्रै अल्झी रहने नासो कहाँ गयो......../

जीवनभर नै सँगसंगै सधैं हिंडछौं भन्थ्यौ 
एकार्कालाई दर्हिलो भर दिन्छौ भन्थ्यौ.........../
आज तिम्रो मुरलीको ......../

रचना जनवरी /११ /२००७

0 comments:

Post a Comment