Saturday, February 4, 2012

गज़ल

  
  (ब्यङ्य गजल )

 घुम्टो ओढ्ने रितलाई रुढीबादी मान्छौ भने
आफुलाई गन्यमान्य सधैं ठुलो ठान्छौ भने 

समाजमा तिम्रो कुनै अस्तित्व नै हुँदै हुन्न
मपाइँमा आफ्नो सोँच घमण्डले धान्छौ भने । 

खोले फाँडो सिस्नोलाई छि!छी!दुर्दुर गर्छौ सार्है
कहाँ  भेट्छौ सहि मर्म मीठो मात्र खान्छौ भने । 

देवस्थल गुम्बालाई खिसी ट्युरी गर्दै तिमी  
कहाँ हुन्छ फलिफाप ?डिस्को मात्र जान्छौ भने । 

आफु भने चोखो बन्दै अरुलाई ताकी ढुङ्गा
कैले पुण्य पाउँछौ खै! तिखो बाण हान्छौ भने । 

दान धर्म केही छैन खाली गर्छौ बकवास
कहाँ हुन्छ मोक्ष प्राप्ती दे'को मात्र लान्छौ भने । 
( रचना -२ -९ -२०११ )

0 comments:

Post a Comment