आक्रमण होहल्ला सुन्ने बानी परिसक्यो
शान्ती चैन बुद्धत्व आज कता सरीसक्यो ।
भन्छन् सबै बुद्धको जन्म थलो नेपाल यो
क्षमा दया निर्मम भई धर्म सबै हरिसक्यो ।
हिन्दूत्वको देश रे पाप गर्न मनाही छ
हत्या हिँशा लुट्पाट गर्नेले त गरिसक्यो ।
शान्तिको यो भूमीमा छल छाम अत्ती नै भो
सन्देशको बिगुल फुक्ने मन नै मरिसक्यो ।
स्वयम्भुको आँखाले न्याय निसाफ् छुट्याउँथे
ति आँखा नै रसिंदै पानी बनी झरिसक्यो ।
आज सारा नेपाली यस्तै हालमा बाँचेका छन्
सुख शान्ती हरायो मात्र पीडा भरिसक्यो ।
(रचना -२ /२ /२०११ )
0 comments:
Post a Comment