Tuesday, February 7, 2012

गज़ल



कस्तो गल्ती,भयो मेरो,झर्किएर,गइदियौ
 अझ रिस,पोखाएर ,चर्किएर, गइदियौ ।


मीठो बोली,निकालेर,सँधै कुरा,गर्ने मान्छे
बिष घोली,मैलो पानी,छर्किएर, गइदियौ ।


मेरो सामु,आँखाहरु,झुकाएर,बोल्ने तिमी
ठुलो बोली,ओकलेर,चड्किएर,गइदियौ ।


ओत दिन्थ्यौ,झरी पर्दा,नभिज है,तिमीभन्दै
आज आफै ,बर्षा बनी,दर्किएर, गइ दियौ ।


सधैं भरी,मेरो साथ,नपाएमा,रुने गर्थ्यौ
आज भेट ,हुँदाखेरी,फर्किएर,गइ दियौ ।


अप्रिल २५ /२०१०

0 comments:

Post a Comment