Tuesday, February 7, 2012

गज़ल

उनीसंगै,जिन्दगीको/बाटो हिँड्न,पाए हुन्थ्यो
त्यो मनले,मलाई नै/माया बरु,लाए हुन्थ्यो ।


 रहर हो, जसैपनी/ मौलाएर, फुल्दोरैछ
मलाई नै,पाउँभनी/कसम पो,खाए हुन्थ्यो ।


 भन्नेहरु,भन्दै गरुन्/माया प्रिती,झूटो भनि
बेवास्ताकै,बाटोगरी/म कहाँ नै,धाए हुन्थ्यो।


 दैलो खुल्लै, गरीराख्थेँ/ आउँछु रे, भनिदिए
फूल पनी,उनि राख्थेँ/कसैगरी,आए हुन्थ्यो ।


चाहिन्नथ्यो, हरियाली/ उन्को रंग, पाएदेखी
बसन्त झैँ,रङिन् बनी/जीवनमा,छाए हुन्थ्यो ।
 (रचना अप्रिल १४/२०१० )

0 comments:

Post a Comment