Tuesday, February 7, 2012

गज़ल

( झ्याउरे छन्दमा आँशिक काफिया मिस्रित श्रीङारिक गजल )


झारेर केश मुहारमा मैले लजाए भो अब 
रंगिन मीठो सपना पनि सजाए भो अब ।


आशाका मीठा भावना सबै मनमा लुकाइ
तरंग भर्ने मायालु गीत बजाए भो अब ।


निरश पल हटाइ अब आशामा बाँच्नुछ
मनमा फुल्ने बिरुवा अझै जगाए भो अब ।


एैंशेलु सरी भरिलो बनी मोहनी छर्न नै
रुपको मीठो जवानी फेरि मगाए भो अब ।


मान्छेको चोला भोली के होला कसरी जान्नु र ?
दु:खको बोझ सारेर पर भगाए भो अब ।   
(रचना -१ /१७ /२०११ ) 

0 comments:

Post a Comment