Tuesday, February 7, 2012

गज़ल

पिरतीमा,कैलेकंही/मन पनि, दुख्दो रैछ
फेरि कैले,ब्यथाहरु/आफै पनि,लुक्दो रैछ ।


आश्चर्य नै,लाग्छ कैले/खुशी पनि,लाग्छ अनी
आँशुरुपी,धारा पनि/कैले फेरि,सुक्दो रैछ ।


 नजानेर,कैलेकहिं/ झगडाको, बिउ रोप्दा
आफ्नै शिर,नम्रसँग/आखिरमा,झुक्दो रैछ।


 आफ्नै ठानी,माया गर्दा/गल्ती पनि,हुनसक्छ
मायाको त्यो,बन्धन नी/कैले त्यसै,फुक्दो रैछ।


 असिमित,प्रेमगाथा/गाउँदा नी,नजानेर
पिरतीका,गोडाहरु/अनायसै,रुक्दोरैछ ।


 (रचना अप्रिल १९/२०१० )

0 comments:

Post a Comment