Saturday, February 18, 2012

रुबाईयत

जिउँदो नै छु तर लागिरै'छ मृत लाश झैं
किन सधैं लाग्दोरैछ जिन्दगी रित्तो आश झैँ
मान्छे हुनुको अर्थ पीडाबोध हो भने यदि
ढुक्ढुकी चल्दा पनि हुँदोरैछ रित्तिएको सास झैँ । 


प्रेममा रोगी बनी के पायौ तिमीले ?
प्रेमकै भोगी बनी के पायौ तिमीले ?
प्रेम समर्पण हो,पथभ्रष्टको उर्जा होईन,
बदलामा जोगी बनी के पायौ तिमीले ?


पीडा लुकाई हाँस भन्यौ हाँसीदिएँ
मनभित्रका जलन सबै माँसीदिएँ 
सम्झौताको नि हद हुन्छ सायद
तिम्रै भरमा अरु नाता नाँसिदिएँ ।


मायाको निहुँमा मेरो भावना लुट्यौ
मलाई बिथोल्न हरपल तिमी जुट्यौ
अब त पुग्यो होला कि तिम्रो चाहना ?
बनेर स्वार्थी मेरो जिन्दगीबाटै छुट्यौ / 
रचना - फेब्रुवरी १७ /१२

0 comments:

Post a Comment