दिक्क लाग्छ हजुर,सहि कुरामा नाक खुम्चाउँनेहरू देखि
वाक्क लाग्छ त्यस्तै,बिनासित्ती होहल्ला मच्चाउँनेहरू देखि
अरु कुरा त के गरौं खै?,आफु केही गर्न सक्दैनन् जिन्दगीमा
केही गर्छु भन्नेहरुलाई पनि अंहकारले थच्चाउँनेहरु देखि....../
किन मौन छ देश ?भ्रष्टहरूले मनपरी गर्दा पनि
किन अचेत छ राष्ट्र? चेतनाको घडा बिषले भर्दा पनि
सबै मौनताको सिरानीमा मस्त निदाएका छन् सधैं नै
किन ढुक्क छन् नेता? देश अवन्नतिमा झर्दा पनि ....../
माथी चड्दा तिमीले तल झार्यौ मलाई
अनेकानेक जंजालमा त्यसै पार्यौ मलाई
कलुषित नियत बोकी कहिले सम्म बाँच्छौ ?
आसुँको चिसो सागरमा सधैं तार्यौ मलाई
0 comments:
Post a Comment