गज़ल
देश देश भनी चिच्याएँ कती
आँखाहरु मैले बिछ्याएँ कती ।
तर अझै पनि भेटिन देश
आफैलाइे मैले बिझाएँ कती ।
पर्देशको पीडा चाख्दै छस् भन्दै
मन मनै मैले खिज्याएँ कती ।
नपाउँदा देशको मानचित्र मैले
आफुलाइे मैले झिँझाएँ कती ।
झिनो आशा मनमा पालेर पनि
धेरैलाइे मैले रिझाएँ कती ।
0 comments:
Post a Comment