गज़ल
आऊ साथी अब हामी समानताको नारा फुकौँ
देश सम्झी माथ टेकी आदरले हामी झुकौं ।
बैरी दुश्मन जो आउँछन् वीरता देखाइे अघी बढौं
आफ्नै मान्छे शत्रु भए मित्र ठानी आफै लुकौं ।
खुम्चिएर नबसौं है तराइे झैं फैलौं हामी
सीमा कतै हडप्ला कि बाँझो फाँट बनी फुँकौं ।
साँध सीमा सुरक्षार्थ पाले बनी नेपालको
मिच्न आए सिमानालाइे पहरे झैं हामी ढुकौं ।
देश मास्ने बन्लान् कोही अपराधी पापी पनि
त्यस्तालाई कायल गर्न मुखभरी सबले थुकौं ।
हरियाली उर्वर पार्न झर्ना बनी कल्कल् बगौं
देश जब डुब्न थाल्छ खहरे झैं हामी सुकौं ।
रचना - जुलाइे/ ४/ २०११
0 comments:
Post a Comment