गज़ल
आदि जून हाँस्दा पनि लाग्छ किन रात प्यारो
प्रेम प्रतीक सम्झनलाई पिपलको पात प्यारो /
भन्छन केवल मर्द जात जय जन्म चलाउने
तरै पनि नारीलाई लाग्छ मर्द जात प्यारो /
संसारमा आजसम्म साँचो प्यार अमर छ
माया जताई सुम्सुम्याउँने प्रियतमको हात प्यारो /
सुनचांदी हिरा मोती मनग्गे नै भएपनि
जिन्दगीमा धन भन्दा प्रिय तिम्रो साथ प्यारो /
संसारमा धेरै होलान् मन रम्ने बस्तुहरु
तरै पनि लाग्दोरैछ पिरतीको मात प्यारो /
(रचना -डिसेम्बर २/ २०११ साँझ अमेरिकी समय )
ghayalko tarahi musyara 26th
0 comments:
Post a Comment