Wednesday, February 8, 2012

गज़ल

पौरषताको दर्‍हो साथ माँग्या थिएँ तिमीसँग
मर्दपनको अचुक् बात माँग्या थिएँ तिमीसँग ।


तिमीसँगै जीवनमा प्रीतको डोरी बाट्नलाइे
बलवान तिम्रो हात माँग्या थिएँ तिमीसँग ।


नारीभाव पोख्नलाई एउटै तिम्रो साथ हुँदा
चाँदनीको नौलो रात माँग्या थिएँ तिमीसँग ।


कैले कँहि पीडा पनी अन्जानैमा मीठो हुन्छ
त्यसैले त मीठो घात माँग्या थिएँ तिमीसँग ।


नारी मन कम्जोर हुन्छ तिमीलाई थाहा नै छ
रक्षार्थलाई पुरुष जात माँग्या थिएँ तिमीसँग ।


रचना -नोवेम्बर/ ३३/ २०११


ghayalko tarahi 24th

0 comments:

Post a Comment