Saturday, February 4, 2012

गज़ल

  ( होली गजल )
लगाइदियौ सिन्दूर पो होलीको त्यो बहानाले
टारिदियौ बचन पनि भोलिको त्यो बहानाले ।

भन्थ्यौ एैले माया गाँसौँ बिहेबारी पछी गरौं
आफ्नै पार्यौ यती चाँडै बोलिको त्यो बहानाले  ।

सप्तरङी रंगभित्र पासो पनि घोली आज
भिजाइ दियौ चोली पनि खोलिको त्यो बहानाले ।

जबर्जस्ती तान्यौ हात खेल्दिन म होली भन्दा
अघी सर्यौ अगुवा भै टोलिको त्यो बहानाले ।

भाग्दै थिएँ छुटाइ हात रंगहिन बन्छु भनी
बाचा दिइे जान्छु भनी डोलिको त्यो बहानाले । 
(रचना - मार्च १७ /२०११ )

0 comments:

Post a Comment