न त बन्न सक्छु तस्लिमा नसरीन,न त पारिजात
तर पनि भावनाका लहरहरू लाग्ने गर्छन् खात
"उदेश्य के लिनु उडी छुनु चन्द्र एक" मात्र कथा भयो
शायद यस्तै हुँदो हो की? साहित्यको लालचरुपी जात ।
लेख्नु प्रसिद्धीको शिखर छुनु होईन
लेखक आफैमा सम्पूर्ण हुनु होईन
दुख्नु पर्छ मुटु,छुनु पर्छ मन रचनाले
सृजना भन्नु केवल मनको मैलो धुनु होईन ।
जब लेख्न बस्छु म,भावनाहरू लहराई आउँछन्
गीत,कबिता,गजल बनेर सृजना म'कँहा धाउँछन्
पर्दैन मलाई कुनै मौसमका बासन्ती रंगहरू हेर्न
यिनै सृजना हरु बिभिन्न याम बनी मभित्र छौँउछन् ।
रचना -मार्च -६ /२०१२
0 comments:
Post a Comment