होली बिशेष मुक्तकहरू
फागुको यो दिनमा सुखद,सफा रंग घोलौँ है
मनभित्रको उत्पीडन र तुषलाई आजै खोलौँ है
बैमनष्यता हटाएर आजै खेलौं फागु होली
एउटै देश एक जनता यहि नारा बोलौँ है ।
रंगको बहानामा नहान्नु है मैलो लोला
स्वच्छताको बगाई दिनु रंगकै खोला
उच्छ्रिंखल होहल्लाले कहाँ गर्छ राम्रो ?
चाडपर्वको ईज्जत गर्नु त्यो नै बेश होला ।
कस्तोगरी छिल्लिँदै,रंगले भिजायौ मेरो चोली
बहाई दियौ बहनामा प्रेमको त्यो लुकेको बोली
बल्ल मात्र उपाय भेटयौ उपहारमा सिन्दूर छर्न
आई दियो बहना बनेर ईन्द्रेणी रंग छर्दै होली ।
रंग नै हो प्रेमको प्रतीक नीलो,हरियो रातो
त्यसैले लाग्छ होली रंग प्रीतको साँचो बाटो
छरेर रंग प्रेमको चिन्ह मनाउन सबले होली
फ्याकौं मनको कालो मैलो उप्काउँ दिलको खाटो ।
रचना -मार्च ७ /१२
0 comments:
Post a Comment