आसुँको धारा पिएर पनि बाँच्दैछ मान्छे आज
दु:खको पहाड बोकेर कस्तो हाँस्दैछ मान्छे आज ।
जन्मिए पछि कर्मको लेखा भोग्नु नै पर्दोरैछ
संघर्षशिल भाग्यको रेखा जाँच्दैछ मान्छे आज ।
दैवको लेखा सहनै पर्ने जे'जस्तो आएपनी
टुक्रेको नाता जोड्नलाई फेरि गाँस्दैछ मान्छे आज ।
हरपल सधैं सुन्नु नै पर्ने बिरही सारंगी धुन
ता'पनी मन बुझाई हरे!नाँच्दैछ मान्छे आज ।
उदास आँखा निन्याउरो मुहार उस्तै छ जिन्दगी यो
प्रयास गर्दै दु:खको हुरी माँस्दैछ मान्छे आज ।
घुमेर आई समय चक्र गाँज्दछ उसैलाई
पीडाको पोको सुरक्षित गरि साँच्दैछ मान्छे आज ।
बग्नु नै बग्यो रगत धारा बनेर पोखरी नै
मनको तुष मेट्न है पेट माझ्दैछ मान्छे आज ।
निरश मुहार उज्यालो देख्ने सबैको चाहना हो
खुशीको रंग निधारमा सजाई टाँस्दैछ मान्छे आज ।
रचना -१३ /१२ मार्च
0 comments:
Post a Comment