Wednesday, March 14, 2012

गज़ल


धेरै भयो मीठो झल्को नआएको हजुर
महिनौ भो मीठो चुम्बन नपाएको हजुर ।
 

जूनको किरण साक्षी थियो हाम्रो भेट बिचमा
बर्षौं भयो जूनको छाँया नछाएको हजुर ।
 

घण्टौं बसी प्रेमालाप गर्ने गर्थ्यौँ भेटमा
अतितमा झैँ किन माया नलाएको हजुर ।
 

मिलनमा अंगालेर बाचा कसम खान्थ्यौँ नि
किन अचेल सत्य कसम  नखाएको हजुर ।
 

मीठो गीत शुसेल्दा झन् मनै मुग्ध बन्दथ्यो   
सम्झिन्छु म मलाई पनि नँचाएको हजुर । 

रचना -मार्च / १४ /२०१२  

0 comments:

Post a Comment