Saturday, March 3, 2012

गज़ल


देश टुक्रिएको हेर्न मन छैन मलाई
गलत आदेश टेर्न मन छैन मलाई।

राजा,काजी,आमा बाबु जो नै आवोस
आफ्नो बोली फेर्न मन छैन मलाई ।

जहाँ रहौं रहोस् मन मेरो स्वदेशमै
आफैलाई केर्न मन छैन मलाई ।

जे जति नै दु:ख बाधा किन नहोस ?
डरले घाँटी सेर्न मन छैन मलाई ।

झुकेर नै बाँच्न परोस् मैले सदैव
झुट्को फेटा बेर्न मन छैन मलाई।

जे जस्ती छिन् मेरी देश आमा नेपाल
गरीब भनि घाँटी सेर्नु छैन मलाई ।

रचना -मार्च - ३ /१२

0 comments:

Post a Comment