Saturday, March 3, 2012

मुक्तक

सहि मान्छे टिक्न गार्‍हो छ यो दुनियाँमा अचेल
सत्य बोली बिक्न गार्‍हो छ यो दुनियाँमा अचेल
के गर्छौ र साथी?मान्छे,मान्छेबाट झरी सक्यो
असल कुरा सिक्न गार्‍हो छ यो दुनियाँमा अचेल.......,

हर दिलमा सबैले आशाको दियो बाल्नु पर्छ
दु:खद पलहरू सबै नै खुशीको पलमा गाल्नु पर्छ
जिन्दगीलाई रुवाएर कहिले चाँही हाँस्ने हामी ?
मनभित्र रहेको निराशाको जरै उखाली फाल्नु पर्छ...../

असमानतामा बाँच्न गार्‍हो हुन्छ जान्नुपर्छ हामीले
अग्रजको भनाईलाई भित्री आत्माले मान्नुपर्छ हामीले
मै हुँ भन्ने भावनाबाट बँच्न सक्नु नै हाम्रो सौभाग्य हो
असल कम्सल के हो ?भन्ने सहि आँखाले छान्नुपर्छ हामीले ......./

रचना -मार्च -३ /२०१२

0 comments:

Post a Comment