तिम्रो याद आयो र त आएँ तिमीतिरै
तिर्सना यो मेट्नलाई धाएँ तिमीतिरै ।
काकाकुल् झैँ प्यासी थिएँ सधैं जिन्दगीमा
प्यास मेट्ने चिसो पानी पाएँ तिमीतिरै ।
तिमीलाई भेट्न मैले के'के गरिन र ?
मध्य रातको जून बनी छाएँ तिमीतिरै ।
धेरै थिए आँखाहरू बाटो छेक्ने मेरा
अरुलाई त्यागी माया लाएँ तिमीतिरै ।
भौंतारिँदै पाईलाहरू पुग्थे कता कता
बाटो भुल्ने लक्षहरू ल्याएँ तिमीतिरै ।
गजल - मार्च /९ /१२
0 comments:
Post a Comment