Friday, March 9, 2012

कबिता

    ''हल्लै हल्लाको देश ''               

सधैं हल्लै हल्लाको देश भो नेपाल
कोही बिद्रोह ओकल्छन्
तोड्फोड गरेर ,
कोही मौन छन्  आँफैलाई धिक्कारेर
कोही लुछाचुँडिमा ब्यस्त छन्
पद्लोलुप्ताको निम्ती ,
कोही नारा लगाउछन्
अधिकारको अभिप्शामा
यसरी नै नौटंकिको
बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश ,
कुनै गन्तब्यबिनाको
बटुवा झैं बनेको छ
हाम्रो भाषा अनी हाम्रो भेष /
खै !कसरी भन्न सकिएला ?
यो रोगको निराकरण
होला भनी ,
खै !कसरी सोंच्न सकिएला र
जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी
अब फेरि  भनी ...../


0 comments:

Post a Comment