( नयाँ बर्ष गजल )
पुराना दिन जे जे भए राम्रा मात्र साथ राखौं
अब आउने दिनमा चैं असल सत्य बात राखौँ ।
झुटमुठको खेती गरि कसैलाई नि नछलौँ
मेहनत,पौरखमा सबै मिली हात राखौं ।
बिश्वभर चिनिनलाई जतिसक्दो प्रयास गरौं
बिरताको प्रतीकमा नेपालीकै जात राखौँ ।
बुद्धत्वको देश हाम्रो शान्त बनौँ हर नेपाली
बुद्धलाई साक्षी मानी चरणमा माथ राखौं ।
हत्या हिंशा लुट्पातको कलंक ती मेटाउँदै
स्वच्छ,स्वर्णिम् सपनाको मात्र मीठो रात राखौँ ।
रचना -अप्रिल १३ /१२ ( नेपाली सम्बत -१ /१ /२०६९ )
0 comments:
Post a Comment