" बिसौनीको अभाव "
पोखेर मनका भावनाहरू
म शान्त्वनाको संघार
टेक्न चाहन्थें
तर...... बिवश,
आज भोली भावना पोखिने
ठाउँ नै कहाँ छ र ?
जो म सजिलै पाउँन
असमर्थ बनुँ ।
भावना बोकेर भड्किएका आत्माहरू
धेरै धेरै छन् यहाँ
कस्ले,कसको सुनिदियोस्
भावनाका लस्करहरू ?
कोहि लुटिएको अस्मिताको
दुखेसोको भावनाले बिक्षिप्त छन्
कोहि बिछोडिएको परिवारको
बिरहको पीडामा असक्त छन्,
कोहि टुहुरो पनको बिह्वल आत्माको
भावनाले लाचार छन् ,
हो यस्तै,यस्तै पीडादायी
भावनाका लस्करहरुको
भिँड छ यहाँ ,
त्यसैले हामी सबै बिवश छौं
भावनालाई मनको कठ्घरामा
कैद गर्न अनि.........,
म,उ,तिमी,हामी सबै
पीडादायी भावनाको बोझले
थकित छौं,
बिसौनीको अभावमा .........../
0 comments:
Post a Comment