Sunday, April 1, 2012

गीत

सम्झानाको आँखा बाट आँशु बनी खस्यौ
थाहा नदीइ अनायासै दिलमा मेरो बस्यौ .......

भूलूं भन्छु तिम्रो तस्बीर झनै छाई दिन्छ
बाडुलिको हिक्का बनी याद आई दिन्छ ........,

भावनाको अधरबाट माया भनी बोल्यौ
मनका सारा इछ्याहरु मेरो सामू खोल्यौ ..........,

थामू भन्छु मनको तृष्णा झनै बढिदिन्छ
तिम्रो याद शूल बनी दिलमा गडिदिन्छ ............,

(अमेरिका )


0 comments:

Post a Comment