''अन्जान अभियुक्त ''
तिम्रो स्वस्थ्य मनस्थितिलाई यदि मैले
कुनै बाधा दिएँ भने माफ गर साथी
म आफ्नो भूलको प्रायश्चितमा
आफैं जलिरहेकी छु,
हो .....छैन अधिकार कसैलाई पनि
कसैको व्यक्तिगत खुशी हनन गर्ने
अनि छैन त्यो स्वतन्त्रता पनि
कसैको मानसपटल धमिल्याउने,
त र ........आफैं अन्योलमा परें मित्र
किन म अन्जानमै अभियुक्त बनेँ ?
अनि सोंच्छु आफैं कसरि मैले
तिमीलाई बिझाउने कुरा भनें ?
शायद .......यो मीठो भूल पनि हुन सक्छ,
जुन भूल नै सम्झनाको आँखा बनेर
हरपल रुन सक्छ /
तिमी छट्पटियौ शायद ,
मेरो बेअर्थको कसुरले
म भने हरपल टोल्हाइ रहेँ
तिम्रै सम्झनामा बेसुरले ,
हो .........साथी यहि मीठो भूल गरें
मैले तिमीमाथी ,
त्यसैले त अभियोगको भार पर्यो
मेरो थाप्लोमाथी /
म स्वीकार्छु मेरो अन्जान दोषलाई
म नै हूँ तिम्रा सारा चैन लुट्ने ,
अब म दिउँ दोष अरु कसलाई ?
हो .......भन मलाइ तिमि अभियुक्त नै हौ भनि
म सहर्ष स्वीकार्छु तिमीले जे भने पनि
तिमी मान मलाइ तिम्रो खुशीको लुटेरा नै
म तयार छु बस्न तिम्रो हृदयको
कठघरामा जुनिभर कैदी भएर नै /
(अमेरिका )
0 comments:
Post a Comment